मानसरोवर कैलाशको दर्शन गर्न सिमिकोट पुगे सद्गुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

मानसरोवर कैलाशको दर्शन गर्न सिमिकोट पुगे सद्गुरु

हुम्ला । मानसरोवर कैलाश दर्शनका लागि सद्गुरु नेतृत्वको १०३ जनाको टोली हुम्लाको सिमिकोट पुगेको छ ।

हिन्दु र बौद्ध धर्मालम्बीको तीर्थस्थलका रूपमा परिचित कैलाश मानसरोवरको दर्शनका लागि टोली सिमिकोट पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

सदगुरु मंगलबार नै हुम्ला जाने कार्यक्रम तय भएको थियो । तर, खराब मौसमका कारण उडान हुन नसकेपछि उनी एक दिन ढिलो अर्थात् बुधबार मात्र हुम्ला पुगे । विमानस्थलबाट सदगुरुलाई मोटरसाइकलको व्यवस्था गरिएको भए पनि उनी हिँडेरै बास बस्ने स्थान सिमसार क्षेत्रको खेल मैदानसम्म पुगेका थिए।

टोली नाम्खा गाउँपालिका–६ मा रहेको लिमी उपत्यकाको ५ हजार मिटर उचाइँ हुँदै लाप्चाबाट मानसरोवर जानेछ । सदगुरु ईशा फाउन्डेशन नामक गैरनाफामुलक संस्थाका संस्थापक हुन्।

योग, ध्यान सिकाउनुका साथै सामाजिक एवं सामुदायिक विकास योजनामा अनवरत उनी गत शनिबार नेपाल आएका थिए । उनले ८ भाषामा १०० भन्दा धेरै पुस्तकको लेखेका छन्। ईशा फाउन्डेसनले भारतसहित, अमेरिका, इंग्ल्याण्ड, लेबनान, सिंगापुर एवं अष्ट्रेलियामा योग सिकाउँछ।

उनको वास्तविक नाम जग्गी वासुदेव हो । उनको जन्म ५ सेप्टेम्बर १९५७ मा भारतको कर्नाटक राज्यको मैसुर सहरमा भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);