मानसरोवर गएका ८ तीर्थयात्रीको मृत्यु, सयौं अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मानसरोवर गएका ८ तीर्थयात्रीको मृत्यु, सयौं अलपत्र

mansarobar

सुर्खेत, २१ असार । कैलाश मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार केही दिनको अन्तरमा ‘हाइ अल्टिच्युड’ र लडेर यात्रुको मृत्यु भएको हो । खराब मौसमका कारण सयौं अलपत्र छन् ।

नेपाल चीन सीमा हिल्सामा करिब साढे चार सय र हुम्ला सदरमुकाम सिमकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका छन् । बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारिएको छ ।

भारतीय दूतावासको खर्चमा नेपाली सेनाको हेलिकप्टरले दुई फ्लाइट गरी यात्रीलाई नेपालगन्ज झारेको थियो । शनिबारदेखि मौसम खराब भएपछि मानसरोवर जाने र फर्किने यात्रु अलपत्र परेका थिए । आजको कान्तिपुरमा खबर छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);