पर्वतको पाङमा ३५ लाखको लगानीमा दुग्ध संकलन केन्द्र स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

पर्वतको पाङमा ३५ लाखको लगानीमा दुग्ध संकलन केन्द्र स्थापना

बिष्णु गौतम,
पर्वत । कुश्मा नगरपालिका १ पाङमा दुग्ध संकलन केन्द्र स्थापना भएको छ । कुश्मा नगरपालिका १ पाङ र कुश्मा नगरपालिका २ खुर्कोटका ५० परिवारको दूध संकलन गर्ने उदेश्य सहित दुग्ध संकलन केन्द्र स्थापना भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना भैँसी पकेट क्षेत्र बनाएको पाङ र खुर्कोटका बासिन्दाको सुविधाका लागि संघीय सरकार, कुश्मा नगरपालिका र कृषकहरुको तर्फबाट लागत साझेदारी गरि दुग्ध संकलन केन्द्र सुरु गरिएको हो ।

केन्द्रको शुक्रवार कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै जोशीले व्यावसायिक दुध उत्पादनमा लाग्न कृषकलाई अनुरोध गरे । नगरप्रमुख जोशीले स्थानीयलाई परम्परागत शैलीमा नभै आधुनिक तबरले भैँसीपालन गरि आर्थिक उपार्जन गर्न सुझाव दिएका थिए ।

भारत र तराईका जिल्लाहरुमा दूध बेच्ने कृषकहरु चाँडै धनी बन्ने गरेको उदाहरण प्रस्तुत गर्दै नगरप्रमुख जोशीले दूध उत्पादन बढाउन धैरै भैँसी पाल्न स्थानीयलाई अनुरोध गर्दै उनले भने, ‘किसानलाई आवश्यक सहयोग गर्न र पकेट लाई सुपर जोन बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उपप्रमुख सीता काफले लामिछानेले उत्पादित दूध बजार नपाएर फाल्नुपर्ने र बजार सम्म बेच्न जानुपर्ने बाध्यता हटेको बताईन भनिन्, ः ‘भैसीपालनलाई उद्यमको रुपमा विकास गर्न किसान दाजुभाई दिदि बहिनी लाग्नुस । किसानलाई आवश्यक पर्ने प्रविधि, तालिम तथा अन्य उपकरण सहयोगमा नगरपालिका तयार छ ।’

संघीय सरकारको २५ लाख, कुश्मा नगरपालिकाको ५ लाख र कृषकहरुको तर्फबाट ५ लाख लगानी जुटाएर दुग्ध संकलन केन्द्र स्थापना गरिएको हो । यसबाट ५० परिवार लाभान्वित हुने जनाईएको छ । भैँसी पकेट क्षेत्रमा किसानले १ सय उन्नत जातका र ५० स्थानीय वर्णशंकर जातका भैँसीपालन भैरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);