बागलुङ सदरमुकाममा निर्माण भएको बिश्वकै लामो झोलुङ्गेपुल उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बागलुङ सदरमुकाममा निर्माण भएको बिश्वकै लामो झोलुङ्गेपुल उद्घाटन

बागलुङ, ४ माघ । झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङ जिल्लामा संसार भरिका पर्यटक तान्न बिश्व कै सबैभन्दा लामो झोलुङ्गे पुलको ओैपचारिक रूपमउद्घाटन गरियो ।

ठेकेदार कम्पनीले जिम्मा लिएको काम समयमै सम्पन्न नगरिकन अलपत्र पारिरहेकोसमयमा भने बागलुङ पर्वत जोड्ने बिश्व कै लामो झोलुङ्गेपुलको काम भने सम्झौता मिति भन्दा एक बर्ष अघि नै सम्पन्न गरेर उदाहरणीय काम गरेको छ ।बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले देश बन्दाबन्दी भएको बेला आन्तरिक तथा बाह्य पर्यटक तान्नको लागि बागलुङसदरमुकाममा निर्माण गरिएको बिश्व कै लामो झोलुङ्गेपुलको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरे ।

बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौर देखि पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १ अदुवावारि जोड्ने ५६७ मिटर लामो बिश्व कै सबैभन्दा लामो झोलुङ्गेपुल निर्माणकार्य सम्पन्न भएको झण्डै ११ महिनापछि औपचारिक रूपमा उद्घाटन गरिएको हो ।सस्पेन्सन’ पुल बिभाग मार्फत भएको खुल्ला बोलपत्र प्रकृयाबाट निर्माणको जिम्मेवारी थानी÷विएलटी÷हिमशिखर जेभी निर्माण कम्पनीले हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैँयामठेक्का सम्झौता गरेको मिति भन्दा एक बर्ष अघि नै काम सम्पन्न गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले बताए ।

पुलको परस्क्यार फिटमा चार जना अटन सक्ने क्षमता रहेको र पुल भरिभराउ भएपनि थेग्न सक्ने क्षमताको हुनेछ । पुल लामो हुने भएकाले बाइक संचालनमा रोक लगाउन जरुरी देखिन्छ हामीले हाम्रो ठाउँमा भएको बिकास लाई दिगो र भरपर्दो बनाउने हो भने त्यो कुरामा ध्यान पु¥याउन जरुरी छ ।पुलको आयु ५० वर्षको भए पनि यसलाई ब्यबस्थापन गर्न सकेनौं भने छिटो बिग्रने देखिन्छ ।

५६७ मिटर लामो सिंगल स्पानको बिश्व कै सबैभन्दा लामो झोलुङ्गेपुल ठेकेदार कम्पनीले सम्झौता मिति भन्दा एक बर्ष अगाडि नै सम्पन्न गरेपनि कोरोना भाइरस कोभिड १९ का कारण देशमा बन्दाबन्दी भएपछि पुल हस्तान्तरण र उद्घाटनको काम भने रोकिन पुगेको थियोे । यश अघि स्विजरल्याण्डमा सिंगल स्पानको ४९४ मिटर लामो झोलुङ्गेपुल बिश्व कै सबैभन्दा लामो मानिन्थ्यो सस्पेन्सन ब्रिज डिभिजन प्रमुख कुमार थापाले बताए ।

अहिले पर्वत बागलुङ जोड्ने बिश्व कै लामो झोलुङ्गेपुल पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण भएको हुदा यसले धेरै पर्यटक तान्ने कुश्मा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष देबेन्द्र सुवेदीले बताए ।पुल निर्माण पछि बागलुङ बजारसँग व्यवसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका लगायतका जनताका लागि सहज रूपमा पुहुँच पुग्नेछ ।

कालिगण्डकी नदी माथि बन्ने उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडक खण्डको ठिकमाथि निर्माण भएकाले पर्यटकीय दृष्टिले यसको महत्व झन बढेर गएको मात्र छैन दैनिक रूपमा हजारौं आन्तरिक तथा बाह्य पर्यटक समेत तान्न सफल हुने निश्चित छ ।कार्यक्रम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पुर्वाधार कार्यालय ललितपुरको आयोजनामा सम्पन्न भएको थियोे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);