विश्वकप क्रिकेटको ट्रफी नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

विश्वकप क्रिकेटको ट्रफी नेपाल आउँदै

icc-world cup trophy

काठमाडौं, १० भदौ । आगामी मे ३० देखि १४ जुलाइसम्म इंग्ल्याण्डमा आयोजना हुने सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइने भएको छ । हरेक संस्करण अघि बिजेताले पाउने ट्रफीलाई बिभिन्न देश र स्थानमा लगिने चलन अनुरुप यस संस्करणको ट्रफीलाई इतिहासमै पहिलो पटक नेपाल समेत ल्याइन लागेको हो ।

सन् २०१३ मा फुटबल विश्वकपको ट्रफी नेपालमा ल्याईएको थियो जसलाई तत्कालिन रास्ट्रपति रामबरण यादबले सार्वजनिक गर्नुभएको थियो । त्यसबेला उक्त ट्रफी राष्ट्रपति यादबलाई मात्र छुन दिईएको थियो भने अन्य सबैले ट्रफीसँग तस्बिर खिचाउन मात्र पाएका थिए ।

भर्खरै एकदिवसीय मान्यता पाएको अवस्था तथा आईसीसीको क्रिकेटलाई बिश्वब्यापी बनाउने नीति अनुरुप यो पटक ट्रफी टुरलाई विस्तार गरिएको हो । ‘क्रिकेट वल्र्डकप ट्रफी टुर’ नाम दिइएको यो टुर २७ अगष्ट २०१८ मा दुबइबाट सुरु हुनेछ । सो ट्रफीलाई ५ महादेशको २१ राष्ट्रका ६० बढी शहरमा पु¥याइने छ ।

यसअघि कुनै पनि क्रिकेट विश्वकपको ट्रफीलाई यति धेरै स्थानमा लागिएको थिएन । विश्वभरका क्रिकेट समर्थकहरुलाई विश्वकपको नजिक पु¥याउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले यो कदम लिएको बताएको छ ।

नौं महिना लामो यात्राका क्रममा विश्वकपमा सहभागी नभएका देशहरु नेपाल, संयुक राज्य अमेरिका र जर्मनीमा ट्रफी यात्रा हुने छ । २०१९ को एकदिवसीय बिश्वकपमा १० टोलि सहभागी हुनेछन् जसमा अस्ट्रेलिया, न्युजिल्याण्ड, भारत, पाकिस्तान, इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, श्रीलंका, अफगानिस्तान र दक्षिण अफ्रीका रहेका छन् ।

कसरी आउँछ नेपालमा ट्रफी ?

विश्वकप क्रिकेट ट्रफी यात्रा दुबइबाट सुरुभएपछि सर्वप्रथम ओमान पुग्नेछ । ओमानबाट ट्रफीलाई संयुक्त राज्य अमेरिका, वेस्ट इन्डीज हुँदै एसिया भित्र्याइने छ । एसिया फर्किपछि ट्रफी श्रीलंका लगिनेछ ।

त्यसपश्चात पाकिस्तान र बंगलादेश हुँदै ट्रफी २७ देखि २९ अक्टोबरमा नेपाल आइपुग्नेछ । ट्रफी नेपाल आइपुगेपछि हनुमानढोकास्थित काठमाडौं दरबार क्षेत्रमा राखिने आइसीसीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);