वेस्ट इन्डिजले घरेलु मैदानमा दक्षिण अफ्रीका, अष्ट्रेलिया र पाकिस्तानसँग क्रिकेट सिरिज खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

वेस्ट इन्डिजले घरेलु मैदानमा दक्षिण अफ्रीका, अष्ट्रेलिया र पाकिस्तानसँग क्रिकेट सिरिज खेल्ने

एजेन्सी। वेस्ट इन्डिजले घरेलु मैदानमा दक्षिण अफ्रीका, अष्ट्रेलिया र पाकिस्तानसँग क्रिकेट सिरिज खेल्ने भएको छ ।

वेस्ट इन्डिजले २०२१ मा घरेलु मैदानमा तीन राष्ट्रसँग खेल्ने सिरिजको तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार दक्षिण अफ्रीकासँग वेस्ट इन्डिजले दुई टेस्ट र पाँच टी–ट्वान्टी अन्तराष्ट्रिय खेल्नेछ ।

दक्षिण अफ्रीका र वेस्ट इन्डिजबिचको टेस्ट सिरिज जुन १० देखि २२ सम्म र टी–ट्वान्टी सिरिज जुन २६ देखि जुलाई ५ सम्म हुनेछ । वेस्ट इन्डिज र अष्ट्रेलियाबीच पाँच टी–ट्वान्टी र तीन एकदिवसीय सिरिज हुनेछ ।

जुलाई ९ देखि १६ सम्म टी–ट्वान्टी र जुलाई २० देखि २४ सम्म एकदिवसीय सिरिज हुनेछ । यस्तै वेस्ट इन्डिज र पाकिस्तानबीच पाँच टी–ट्वान्टी र दुई टेस्ट सिरिज हुनेछ ।

पाँच खेलको टी–ट्वान्टी सिरिज जुलाई २७ देखि ३ अगस्ट सम्म र अगस्ट १२ देखि २४ सम्म टेस्ट सिरिज हुने तालिका रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);