विश्वकप युरोपियन छनोटः नेदरल्याण्डमाथि फ्रान्सको फराकिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

एजेन्सी, १६ भदौ । विश्वकप युरोपियन छनोटको खेल अन्तर्गत फ्रान्सले नेदरल्याण्डलाई ४–०को फराकिलो अन्तरले हराउँदै समुह ए मा प्रवेश गरेको छ ।

 

खेलको पहिलो हाफको १४ औँ मिनेटमा एन्टिनो ग्रीजमानले पहिलो गोल गर्दै फ्रान्सलाई १ –० को अग्रता दिलाएका थिए ।

 

खेलको दोस्रो हाफमा मिडफिल्डर थोमस लेमारले दुई गोल गर्दै अग्रतालाई कायम गराएका थिए । उनले खेलको ७३ औँ मिनेटमा आफ्नो व्यत्तिगत पहिलो गोल र ८८औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।

खेलमा चौथो निर्णायक गोल केलियन बाप्पेले फ्रान्सका तर्फ बाट गरेका थिए । १८ वर्षिय खेलाडी खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदानमा उत्रिएका थिए ।

 

केभिन स्ट्रोटमान दुई वटा पहेलो कार्ड पाएर बाहिरेपछि १० खेलाडीमा नै सिमित रहेको नेदरल्याण्डले भने जवाफमा एउटै गोल पनि फर्काउन सकेन ।

 

जितसँगै १६ अकं जोडेको फ्रान्स समुह ए मा प्रवेश गरेको छ ।