टी–२० वरियतामा नेपालको स्थान यथावत | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

टी–२० वरियतामा नेपालको स्थान यथावत

nepal cricket

काठमाडौं, १७ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ ।

अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै रहेको थियो । नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २सय १ रेटीङ अंक पाएको छ । नेपालले गत महिना मलेसियासँगको दुई खेलको टी–ट्वान्टी र सिंगापुरमा सम्पन्न आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन । त्यसैले पनि नेपालको वरियतामा घटबढ नभएको हो ।

एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन् । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन् । एकदिवसीय वरियतामा भने नेपाल १६ औं स्थानमा रहेको छ ।
T-20-ranking

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);