राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किदै

Nepal-Womens-National-football-team

काठमाडौं, २७ भदौ । किर्गिस्तानमा सम्पन्न नादेज्दा कपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली शुक्रबार स्वदेश फर्किंदैछ । विहिबार भएको फाईनल खेलमा उज्वेकिस्तानसँग ३–२ को हार बेहोरेको महिला टोली स्वदेश फर्किन लागेको हो ।

बर्षको पहिलो अन्तराष्ट्रिय उपाधि जित्नबाट चुकेको टोली शुक्रबार बेलुका ६ बजे काठमाडौं आइपुग्नेछ । नेपाली टोलीका लागि अबको लक्ष्य १३ औं दक्षिण एसियाली खेलकुद भएको हुनाले टोली त्यसको तयारीमा जुट्नेछ । नेपालले नादेज्दा कपमा घरेलु टोली किर्गिस्तानमाथि ८–२ गोलअन्तरको जित निकाल्दा अर्को खेलमा ताजकिस्तानविरुद्ध १–० को जित निकालेको थियो । यस्तै, लिग चरणमा उज्वेकिस्तानसँग २–० गोलअन्तरले हार ब्यहोरेको नेपाल फाइनलमा पनि उसैसँग ३–२ गोअन्तरले पराजित भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);