नेपाली फुटवल टोली स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाली फुटवल टोली स्वदेश फिर्ता

काठमाडौं, २८ भदौ । साफ सुजुकी च्याम्पियनसिपमा सहभागिता जनाउन बंगलादेश गएको नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।

बुधबार भएको सेमिफाइनल खेलमा माल्दिभ्ससँग ३–० ले पराजित भएको नेपाली टोली प्रतियोगिताबाट बाहिरिँदै स्वदेश फर्किएको हो । साफ च्याम्पियनसिपको इतिहासमा नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन ।

नेपालले समुह विजेताको रुपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । समुह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

तर, त्यसपछिका खेलमा भुटानसँग ४–० र बंगलादेशसँग २–० को फराकिलो जित निकाल्दै नेपाल समुह विजेता भएको थियो । ४ पटक सेमिफाइनलसम्म पुगेको नेपाली टोलीले अहिलेसम्म फाइनल यात्रा भने तय गर्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);