सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग पराजित

काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालविरुद्ध माल्दिभ्सका इब्राहिम वाहिदले २ गोल गरे । उनले ८३ र ८६ औं मिनेटमा लगातार गोल गरेका थिए ।

खेल सुरु भएको आठ मिनेटमै पहिलो गोल अक्रम अब्दुल घानीले गरेका थिए । त्यसपछि माल्दिभ्सले नेपाललाई दबाबमा पारेको थियो र नेपाल ३–० गोल अन्तरले पराजित भयो ।

घानीले नेपालविरुद्ध फ्रि किकबाट गोल गरेका थिए । खेलकै क्रममा भारी वर्षा भएपछि २७ औं मिनेटमा खेल केहिबेरका लागि रोकिएको थियो । योसगैँ बंगबन्धु रंगशालामा भएको खेलमा नेपाललाई पराजित गर्दै माल्दिभ्स फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सले अब भारत र पाकिस्तानबीचको खेलमा विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);