साफ च्याम्पियनसीप सेमिफाइल : नेपालले आज माल्दिभ्सको सामना गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साफ च्याम्पियनसीप सेमिफाइल : नेपालले आज माल्दिभ्सको सामना गर्ने

nepal vs maldives

काठमाडौँ, २७ भदौ : बङ्गलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् ।

दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘ए’को विजेता नेपालले समूह बीको उपविजेता भाल्दिभ्ससँग खेल्न लागेको हो भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग खेल्नेछ ।

समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको नेपाली टोली माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा छ । नेपाली राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली पछिल्लो समय लयमा रहेकाले फाइनल पुग्ने बताउनुभयो । नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);