बंगलादेशमा जारी सुजुकी साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बंगलादेशमा जारी सुजुकी साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश

nepali football team

काठमाडौं, २५ भदौ । बंगलादेशमा जारी सुजुकी साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

समूह चरणका सबै खेलको समाप्तिसँगै सेमिफाइनल खेल्ने टोलीको टुंगो लागेको हो । समूह ‘ए’बाट नेपाल र पाकिस्तान तथा समूह ‘बी’बाट भारत र माल्दिभ्स अन्तिम चारमा प्रवेश गरेका छन् । समुह ‘ए’ को विजेता बनेको नेपालले समुह ‘बी’को उपविजेता बनेको माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह ‘ए’को उपविजेता बनेको पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग खेल्ने छ ।

समूह ए को खेल शनिबार सकिएको थियो । आइतवार भएको समूह ‘बी’को खेलमा भारत माल्दीभ्सविरुद्ध २–० गोल अन्तरले पराजित गर्दै विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । भारतका लागि पहिलो हाफमै गरेका २ गोल निर्णायक बनेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);