पहिलो डब्लुसीयलको उपाधि चितवन राइनोजलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पहिलो डब्लुसीयलको उपाधि चितवन राइनोजलाई

wcl final-chitwan rhinos

काठमाडौं, ७ कात्तिक । राजधानीमा सम्पन्न महिला फ्रेन्चाइज लिग क्रिकेट डब्लुसीएलको उपाधि चितवन राइनोजले जितेको छ । बिहीबार चितवनले क्याट क्विन्स काठमाडौंलाई ४५ रनले हराएर पहिलो संस्करणको महिला फ्रेन्चाइज लिग क्रिकेट डब्लुसीएलको उपाधि जितेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय १२ रन बनायो । चितवनका काजल श्रेष्ठले २१ र सुमन खतिवडाले २९ रन बनाइन् ।

जवाफमा काठमाडौंले २० ओभरमा ६७ रन बनाउदा सबै विकेट गुमायो । काठमाडौंका अप्सरी बेगमले १५ तथा ममता थापाले १३ रन बनाइन् । काठमाडौंलाइ ६७ रनमा समेट्न सुमन खतिवडा र रितु कनोजीयाले ३–३ विकेट लिए ।

उपाधिसँगै चितवनले सात लाख रुपैयाँ पुरस्कार पायो भने उपविजेता बनेको काठमाडौंले तीन लाखमा चित्त बुझायो । पहिलो पटक आयोजना भएको महिला फ्रेन्चाइज लिगमा ५ टोलीको सहभागिता थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);