फिफा बरियतामा नेपाल १ सय ६१औं स्थानमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

फिफा बरियतामा नेपाल १ सय ६१औं स्थानमा

काठमाडौं, २१ चैत । फिफा वरियतामा नेपाल यथावत रहन सफल भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेको जनाएको हो ।

नयाँ वरियता अनुसार यथावत रहेको नेपाल १ सय ६१ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १ सय ६१ औं स्थानमै रहेको थियो । नेपालले हालै कुवेतसंग २ मैत्रीपुर्ण खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा हार र एक खेलमा बराबरी गरेको थियो ।

त्यसैगरी दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ औं स्थानमा र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेको छ । त्यसैगरी नेपाल भन्दा तल रहेको भुटान १ सय ८६ औं, बंगलादेश १ सय ८८ औं, पाकिस्तान २ सय र श्रीलंका २ सय २ स्थानमा रहेको छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, ईङ्ल्याण्ड, चौथो र क्रोएसिया पाँचौ स्थानमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);