यूएई, ९ माघ । दक्षिण कोरिया र कतार एसियन कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार राती भएको खेलमा दक्षिण कोरियाले बहराईनलाई २–१ ले हराउँदा कतारले ईराकलाई १–० ले पाखा लगाएको हो । यो संगै एसियन कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनलका खेल बिहीबारबाट हुनेछन् ।
पहिलो दिन भियतनाम र जापान तथा चीन र ईरान भिड्नेछन् । यसैगरी क्वाटरफाइनलको दोस्रो दिन दक्षिण कोरिया र कतार तथा आयोजक युएई र अष्ट्रेलिया भिड्नेछन् ।




