सन् २०२७ मा हुने एएफसी एसियन कप फुटबल आयोजना गर्न भारतको दाबी पेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सन् २०२७ मा हुने एएफसी एसियन कप फुटबल आयोजना गर्न भारतको दाबी पेश

afc

काठमाडाैं, २४ चैत । भारतले सन् २०२७ मा हुने एएफसी एसियन कप फुटबल प्रतियोगिता आयोजनामा दाबी पेश गरेको छ । अखिल भारतीय फुटबल महासंघ एआईएफएफले एसियाली स्तरको सबै भन्दा ठुलो प्रतियोगिता आयोजनामा भारतले दाबी पेश गरेको बताएको हो ।

भारतको दाबीमा सहमती जुटेमा दक्षिण एसियाली राष्ट्रयमा एसियन कप फुटबलको आयोजना गर्ने भारत पहिलो देश बन्नेछ । एआईएफएफका महासचिव कुशल दासले एएफसीको समक्ष दाबी पेश गरिसकेको बताएका छन् । कोरोना भाईरसको महामारीका कारण प्रतियोगिता आयोजनामा दाबी पेश गर्ने समय मार्च ३१ बाट बढाएर जुन ३० सम्म गरिएको छ ।

एएफसीले अर्को बर्षको सुरुवातमै आयोजक देशको नाम घोषणा गर्ने सम्भावना छ । भारत बाहेक साउदी अरबले अहिलेसम्म सन् २०२७ को एसियन कप फुटबल प्रतियोगिता आयोजनामा दाबी गरेको छ । भारतले यसअघि सन् २०२३ को एएफसी एसियन कप फुटबल आयोजनाको दाबी पेश गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);