इलामको श्रीअन्तुमा पर्यटको संख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

इलामको श्रीअन्तुमा पर्यटको संख्या बढ्दै

खगेन्द्र घिमिरे

इलाम, ९ साउन । इलामको सूर्योदय नगरपालिका क्षेत्रमा रहेको श्रीअन्तुमा पर्यटको संख्या बढेको छ । अन्तु डाँडाँमा सुर्यदय र सुर्यअस्त अवलोकनको लागि बर्सेनि ४० हजार भन्दा धेरै पर्यटक पुग्ने गरेका छन् ।

सूर्योदयनगरपालिकाको फिक्कल बजारबाट एक घण्टामा श्रीअन्तुमा पुग्न सकिन्छ । सडक, र संचारको सुविधा भएकोले सो क्षेत्रमा पर्यटकको संख्या बढेको छ । पूर्वमा भारत अनि नजिकै सूर्योदय डाँडाँकोबीचमा पोखरी रहेको अन्तुमा बर्सेनी ४० हजार भन्दा धेरै पर्यटक पुग्ने गरेका छन् ।

पोखरीकोबीच भागमा मन्दिर बनाइएको छ । पर्यटकको लागि खान बस्न ४३ वटा होमस्टे संचालन गरिएको छ । पर्यटको संख्या बढेसँगै व्यवसाय पनि फस्टाएको छ ।

अन्तु डाँडाँको प्रचार-प्रसार गर्ने हो भने अझै पर्यटक भित्र्याउन सकिने व्यवसायी बताउँछन् । सो क्षेत्रको विकासका लागि विशेष योजना बनाउन स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);