तराइका विद्यार्थी प्रविधिक शिक्षाको लागि भारत जान बाध्य | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

तराइका विद्यार्थी प्रविधिक शिक्षाको लागि भारत जान बाध्य

terai students

शम्भू माली
कपिलबस्तु, ९ साउन
। नजिकै प्राविधिक शिक्षालय नभएकाले सीमा क्षेत्रका नेपाली विद्यार्थी भारत पढ्न जाने गरेका छन् । नेपालमा महंगो भएकाले भारतमा गएर पढ्नु परेको विद्यार्थीले गुनासो गरेका छन् ।

नेपालको तराई जिल्लामा कृषि विषयको प्राविधिकतर्फ अध्ययन गर्न क्याम्पस नभएकाले विद्यार्थीहरु भारतमा पढ्न जाने गरेका छन् । केहि जिल्लामा क्याम्पस भएपनि महंगो र टाढा भएकाले भारतमै पढ्न बाध्य भएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

सरकारले देशमै सर्वसुलभ रुपमा शिक्षा प्रदान गर्ने घोषणा गरेको छ । तर, तराइका विद्यार्थीहरु प्रविधिक शिक्षाको लागि भारत जान बाध्य छन् । तराईका जिल्लामा प्राविधिक शिक्षाको व्यवस्था गर्न सरोकारवालाले माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);