पाँच दशक बित्दा समेत आफ्नो घरको स्वामित्व पाउन नसक्दा घरधनी चिन्तित | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

पाँच दशक बित्दा समेत आफ्नो घरको स्वामित्व पाउन नसक्दा घरधनी चिन्तित

श्याम गुप्ता
बारा, २ भदौ । पाँच दशकदेखि बस्दै आएको घर टहराको स्वामित्व पाउन नसक्दा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाका वासिन्दाहरु चिन्तित छन् । फरकफरक समयमा गठित सुकुम्वासी समस्या समाधान आयोगले लालपुर्जा त वितरण ग-यो तर स्वामित्व भने पाउन सकेका छैनन् । अहिले लाखौंको लगानीमा निर्मित भवन र विकसित हुँदै गएको पथलैयामा सात सय २६ घरधुरी परिवारले बसोबास गर्दै आएका छन् ।

पूर्व–पश्चिम राजमार्गको निर्माणसँगै २०२१ साल देखि सडकका दुबै किनारामा होटल व्यावसाय सञ्चालन गर्दै आएका उनीहरु २०५५ सालमा सुकुम्बासी समस्या सामधान आयोगले बितरण गरेको जग्गाधनी पुर्जा र २०६७ सालमा आयोगले माग गरेको प्रमाण पु-याई हाल सम्मको १८ लाख ५२ हजार चार सय १६ रुपैयाँ राजश्व समेत दाखिला गरि सकेका छन् ।

हातमा लालपुर्जा छ तर स्वामित्व छैन । करोडौं लगानीका संरचना भएर पनि कुनै वित्तिय सस्थासँग कारोवार गर्न नपाएको स्थानीय प्रकाश लम्सालको गुनासो छ ।

२० वर्ष अगाडी लालपुर्जा हात पारेर पनि सानातिना विवादले स्थानीयहरु अख्तियारसम्म धाउन बाध्य छन् । अब स्थानीय जनप्रतिनिधिले पहल गरि दिए पुर्जाको स्वामित्व पाउन सकिने अव्यवस्थित बसोबास व्यवस्थापन वडा स्तरीय उपसमितिका संयोजक पेशल मुल्मीले जानकारी दिनुभयो ।

पालिका भित्र पथलैया मात्र नभएर सिमरा, डुमरवाना, ईनर्वासिरा लगायतमा यो समस्या देखिएकोले समस्याको समाधानका लागि पालिकाले सम्बन्धित निकायमा पहल कदमी गरी सकेको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलले बताउनु भयो ।

वर्षौंदेखि पुर्जा बाँड्ने र स्वामित्व दिलाउने आश्वासनले नेताहरुलाई भोट बैंकको थलो बनेको पथलैया लगायतका क्षेत्रका स्थानीय जनप्रतिनिधीहरु आए यता पुर्जाको स्वामित्व पाउँनेमा पिड्तिहरु आशाबादी देखिन्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);