संघीय संसद र प्रदेश सभाका उपसभामुखहरु भन्छन्- 'सभामुखसँग काम गर्न सहज' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संघीय संसद र प्रदेश सभाका उपसभामुखहरु भन्छन्- ‘सभामुखसँग काम गर्न सहज’

upasabhamukh

काठमाडाैं, ८ असाेज । संघीय संसद र प्रदेश सभाका उपसभामुखहरुले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्ष निकालेका छन् । संघीय संसद र सबै प्रदेशका उपसभामुखहरुको मंगलबार काठमाडौं बसेको संयुक्त बैठकले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्ष निकालेको हो ।

उनीहरुले सभामुखसँगको आफूहरुको सहयोगी भूमिकालाई अझै प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता पनि जनाएका छन् । डेढवर्षको अनुभवले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्षमा पुगिएको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनु भयो ।

बुधबार काठमाडौंमा संचारकर्मीमाझ उहाँले आफूहरुको भूमिकालाई अझै प्रभावकारी बनाउँदै लैजाने निष्कर्ष निकालिएको पनि स्पष्ट पार्नु भयो ।

सूदुरपश्चिम प्रदेश सभाकी उपसभामुख निर्मला बडाल जोशीले सभामुखको सहयोगी भूमिकालाई अझै प्रभावकारी बनाउने विषयमा उपसभामुखहरुबीच छलफल गरिएको बताउनु भयो । उहाँले यो छलफलले आफूहरुको भूमिकालाई प्रभावकारी बनाउन सहयोग पु-याउने विश्वास पनि व्यक्त गर्नु भयो ।

उपसभामुखहरुको बैठकमा संसदीय भाषाको प्रयोगका विषयमा पनि छलफल गरिएको थियो । उपसभामुखहरुले बोल्ने भाषा कसरी सन्तुलित बनाउन सकिन्छ ? भन्ने विषयमा पनि छलफल गरिएको कर्णाली प्रदेश प्रदेश सभाकी उपसभामुख पुष्पा विष्टले जानकारी दिनु भयो ।

गत वर्षको भाद्र ३ गतेदेखि नै संघीय संसद र प्रदेश सभाको अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ दुवै संसदका उपसभामुखहरुबीच संयुक्त छलफल हुँदै आएको छ ।

संवैधानिक व्यवस्था अनुसारका आ-आफ्ना जिम्मेवारीलाई पूरा गर्न दुवै संसदमा उपसभामुखहरुबीच छलफल हुने गरेको राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले जानकारी दिनु भयो ।

बैठकमा प्रतिनिधिसभाकी उपसभामुख तुम्बाहाङफे, राष्ट्रिय सभाकी उपाध्यक्ष दाहाल, प्रदेश २ प्रदेशसभाकी उपसभामुख उपमा कुमारी देव, गण्डकी प्रदेश प्रदेशसभाकी उपसभामुख सृजना शर्मा, कर्णाली प्रदेशकी प्रदेशसभा उपसभामुख विष्ट र सूदुरपश्चिम प्रदेश प्रदेशसभाकी उपसभामुख जोशीको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);