राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउने अध्यक्षकाे प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउने अध्यक्षकाे प्रतिवद्धता

Ganesh-Timalsina

काठमाडौं, २२ चैत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवको समेत अध्ययन गरेर राष्ट्रिय सभालाई परिपक्व र प्रभावकारी सदनको रुपमा स्थापित गर्ने योजना अघि सारे ।

बिहीबार राष्ट्रिय सभाका सदस्यहरुको अन्तरक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै उनले राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न उठाउने गरेको उल्लेख गर्दै त्यसको औचित्य र आवश्यक्ता पुष्टि हुनेगरी काम गर्न पनि राष्ट्रिय सभाका सदस्यहरुको गम्भीर ध्यानाकर्षण गराए ।

अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा भएपछि राष्ट्रिय सभा किन चाहियो भन्ने प्रश्नको जवाफ दिने गरी काम गर्न राष्ट्रिय सभाका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रम संचालन गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सभाको आवश्यक्ता र औचित्यमाथि प्रकाश पार्दै पूर्व सांसद एवम् वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले राष्ट्रिय सभाको दायरा प्रतिनिधिसभाको भन्दा ठूलो रहेको दावी गरे । उनले प्रतिनिधिसभाको कामको निरीक्षण गर्ने दायित्व राष्ट्रियसभाको भएको बताए ।

पूर्व सांसद देवकोटाले राष्ट्रिय सभाले कार्यपालिका र प्रतिनिधिसभाको कामको सुक्ष्म निरीक्षण गर्ने स्पष्ट पारे । कार्यक्रममा राष्ट्रिय सभाले गर्ने कामका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवका विषयमा पनि छलफल गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);