सरकारले औषधी पसलको अनुगमनमा कडाई नगरेको स्वास्थ्य राज्मन्त्री यादवको गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सरकारले औषधी पसलको अनुगमनमा कडाई नगरेको स्वास्थ्य राज्मन्त्री यादवको गुनासो

dr-surendra-kumar-yadav

काठमाडौं, ८ असोज । सरकारले औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले चिकित्सकहरुको प्रेसक्रिप्सनविनै औषधि विक्री वितरणको काम भईरहेको उल्लेख गर्दै औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्न लागिएको बताउनु भएको हो ।

विश्व औषधी दिवसको अवसर पारेर बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले औषधि पसलहरुको अनुगमन तथा त्यसका सामग्रीहरुको व्यवस्थापनका लागि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

राज्यमन्त्री यादवले औषधि पसलहरुको अनुगमनमा उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट आवश्यक सहयोग पाउन नसकेको गुनासो गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);