आफ्नो पार्टी निरंकुशताको पक्षमा नरहेको वरिष्ठ नेता नेपालको दावी | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

आफ्नो पार्टी निरंकुशताको पक्षमा नरहेको वरिष्ठ नेता नेपालको दावी

madhav kumar nepal

काठमाडौं, ८ असोज । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताउनु भएको छ । बुधबार नेकपा विदेश विभागले आयोजना गरेको कम्युनिष्ट पार्टीहरुको एशिया प्रशान्त क्षेत्रिय सम्मेलनको उद्घाटन गर्दै नेता नेपालले यस्तो बताउनुभएको हो ।

नेकपाका विदेश विभाग प्रमुख समेत रहनु भएका वरिष्ठ नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफिजाउन पनि अन्य राजनीतिक दलहरुलाई चेतावनी दिनु भयो ।

वरिष्ठ नेता नेपालले नेपालको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा आफनो पार्टी सधै लागिपरेको दाबी समेत गर्नुभयो ।

ताजा समाचार