म्याग्दीका विभिन्न ठाउँमा बाढी-पहिरो, बाढीले बेलिब्रिज बगायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

म्याग्दीका विभिन्न ठाउँमा बाढी-पहिरो, बाढीले बेलिब्रिज बगायो

belibridge

म्याग्दी, २६ असार । लगातारको वर्षासँगै शुक्रबार म्याग्दीका विभिन्न ठाउँमा बाढी पहरोबाट ३१ जना वेपत्ता भएका छन् । ३५ वटा घर पहिरोले बगाएको छ । बेनी जोमसोम सडकको बेलिब्रिज बाढीले बगाएको छ ।

धवलागिरी गाउपालिका–६ मराङको रिखामा २१ जना वेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना सहित १२ जना वेपत्ता भएक छन् । मराङमा मात्रै २० घर धुरी पहिरोका कारण विस्थापित भएको छ । भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको छ । धौवलागिरी गाउँ पालिकाको नै ताककमा २ जनाको मूत्यू भएको छ भने ५ घरधुरी प्रभावित भएको छ ।

यसैगरी मालिका गाउपालिका–७ बिमको दुलेमा पहिरोले ८ बेपत्ता भका छन् । १० घर परिवार प्रभावित भएको छ । सोमनाथ पौडेलको घर बगाउदा दुई जना वेपत्ता भएको छन् । सो पहिरोले नौमानेको शिव आधारभूत विद्यालयको भवनमा समेत क्षति पु¥याएको छ ।

त्यसैगरि म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज समेत बगाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);