काठमाडौं, २६ असार । डोटीमा पहिरो खस्दा जीप पुरिएको छ। जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर-५ मा पहिरो खस्दा से १ च २१२५ नम्बरको जीप पुरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
गएराति डोटी राजपुरको प्रशंसा तरकारी पसलको जीप माथिबाट खसेको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।चालकमात्र सवार रहेको र पहिरो खसेको थाहा पाएपछि चालक बाहिर निस्केका थिए ।
सामान्य घाइते भएका उनको सुजङ अस्पतालमा उपचार भईरहेको छ भने जीप निकाल्ने कार्य भईरहेको प्रहरीले जनाएको छ।




