पहिराेमा जीप पुरिँदा चालक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पहिराेमा जीप पुरिँदा चालक घाइते

मदन गिरी,

कास्की । कास्कीको पोखरा महानगरपालिकामा पहिरो जाँदा एउटा जीप पुरिएको छ भने चालक घाइते भएका छन् । कास्की पोखरा महानगरपालिका वडा नं. १ याम्दी जौवारी प्रहरी चेक पाेष्ट नजिकै पहिराे जाँदा ईस्काेरपियाे जीप पुरिएको हो ।

घाइते चालक माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पूसका ३६ बर्षिय अमृत अधिकारी रहेका छन् । उनको हरिचोकस्थित मेडिकलमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार अस्थायी प्रहरी पोष्ट जौबारीबाट प्रहरी सहायक निरीक्षक पूर्ण विक कमाण्डकाे प्रहरी टोलीले पहिरोबाट गाडी निकालेको थियाे । उक्त गाडी धम्पुस देखि पाेखरा आउँदै थियाे ।

ग ३ च ३६६९ नं.को ईस्काेरपियाे गाडीमा पहिरोले धेरै क्षति भएकाे र घाइतेको अवस्था सामान्य रहेको हमालले जानकारी दिए ।

अहिले सडक अवरुद्ध नभएको तर ससना पहिराेका ढिस्कोहरु झर्ने क्रम जारी रहेको हमालले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);