मालपोतमा बिचौलियाको बिगबिगी ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

मालपोतमा बिचौलियाको बिगबिगी ( भिडियो रिपोर्ट )

सन्दीप रिजाल \ माउन्टेन टेलिभिजन एचडि।

काठमाडौँ पौष ०५ ।  यो डिल्लिबजारस्थित मालपोत कार्यालय हो। यहाँ सेवा ग्राही भन्दा पनि विचौलियाहरुको भिड हुन्छ। कोही आफूलाई लेखापढी व्यवसायी भन्छन् त कोही सेवाग्राही नै दाबी गर्छन् । हातमा सेवाग्राहीका कागज बोक्छन् र कार्यालयको सबै फाँटमा सजिलै पुग्छन् । यसबापत सेवाग्राहीले केही रकम दिएपछि उनीहरुको काम चाँडै फत्ते भइहाल्छ। मालपोत कार्यालयमा पुग्दा यस्तै दृष्य देखिन्छ ।

यसरी उनीहरु कर्मचारी जसरी नै हरेक फाँटमा सजिलै छिर्छन् । नियमत मालपोतमा सेवा ग्राही आफैले मिलाउनु पर्ने फाइलमा लेखापढी गर्ने व्यवसायीका सहयोग लिन सक्छन् । तर, लेखापढी व्यवसायीका नाममा हरेक फाँटका कर्मचारीका टेबुल टेबुल र फाइल खोतल्ने छुट छैन । तर पनि कसरी उनीहरु त्यहाँ पुग्छन् ? यो अधिकार उनीहरुले कहाँ बाट पाए ? मालपोतका सम्बिन्धित फाँटका कर्मचारीलाई उहाँहरु त्यहाँ किन जानु भएको भन्ने प्रश्न गर्दा यति त सामान्य नै हो भन्ने खालका गैह्र जिम्मेवार तर्क आउँछन् ।

यसरी मालपोतका हरेक फाँटमा कर्मचारी भएकै टेबुलमा विचौलिया नै पुग्ने भए पनि मालपोत कार्यालयमा प्रमुख भने यसबारे जानकारी नभएको दाबी गर्छन् ।

मालपोतमा सेवाग्राहीलाई दुहुनो गाई ठान्ने भ्रष्ट कर्मचारी र विचौलियाको बिगबिगी नै छ। यो प्रवृत्ति निरन्तर छ तर समस्याको समाधान कहिले निस्कदैन । सेवाग्राही दैनिक नै खुलेआम सरकारी कार्यालयमा भ्रष्ट कर्मचारी र विचौलियाको

संगठित गिरोहबाट ठगिने क्रम चलि नै रहेको छ । यसले मालपोत कार्यालय नै बदनाम हुने गरेको छ । राज्यका निकायको समयमै ध्यान जान जरुरी छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);