प्रधानमन्त्रीको रेसबाट बाहिरिएर देउवाको प्रस्तावक बने पौडेल | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

प्रधानमन्त्रीको रेसबाट बाहिरिएर देउवाको प्रस्तावक बने पौडेल

ramchandra paudel

काठमाडौं । आफैँ प्रधानमन्त्री बन्न पार्टीभित्र तथा बाहिर लबिङ थालेका कांग्रेस नेता रामचन्द्र पौडेल सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेता बनाउन प्रस्तावक बसेका छन् । नेता पौडेलले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका गठबन्धनका शीर्ष नेताहरूलाई भेटेर आफूलाई प्रधानमन्त्रीमा सघाउन अनुरोध गरेका थिए ।

मंगलबार कांग्रेस संसदीय दलको नेता बन्न सभापति देउवालाई प्रस्ताव गरेका हुन् भने कांग्रेस पूर्वउपसभापति पूर्णबहादुर खड्का देउवाको समर्थक बसेका छन् । संसदीय दलको नेता बन्न कांग्रेस संस्थापनइतरका गगन थापाले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस महामन्त्री समेत रहेका थापालाई डा. शेखर कोइरालाले प्रस्तावक बनेर साथ दिएका छन्  भने समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा तथा कृष्णप्रसाद सिटौला पक्षका प्रदीप पौडेल रहेका छन् ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदै छ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);