नेपालगञ्जमा संचालन हुने प्रादेशिक महोत्सव २०७४ को तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालगञ्जमा संचालन हुने प्रादेशिक महोत्सव २०७४ को तयारी पुरा

nepaljung pradeshik mahotsab

नेपालगञ्ज,१० माघ । नेपालगञ्जमा संचालन हुने प्रादेशिक महोत्सव २०७४ को तयारी पुरा भएको छ । यहि माघ ११ देखि २२ गतेसम्म नेपालगञ्जस्थित सडक डिभिजन परिषरमा संचालन हुने महोत्सवको तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव आयोजक मुल समितिका संयोजक नन्दलाल बैश्यले जानकारी दिए । समारोहमा हेलिकप्टरबाट पुष्प वर्षा गर्ने तयारी गरिएको छ ।

नेपालगञ्जमा पहिलो पटक प्रादेशिक महोत्सव आयोजना गर्न लागिएको बताउँदै संयोजक बैश्यले महोत्सवबाट संकलित रकम बहुउद्देश्यीय सभागृह निर्माणमा खर्च गरिने बताए । महोत्सवमा २ सय ६० वटा व्यावसायिक स्टलका अलावा ५ कृषि, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेण्ट र १६ विदेशी स्टलसहित कुल ३ सय २१ स्टल रहनेछन ।

महोत्सवबाट १ करोड बढी रकम बचत गर्ने लक्ष्य आयोजकले लिएको छ । ५ लाख बढीले महोत्सवको अवलोकन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनको प्रवद्र्धनमा महोत्सवको भूमिका महत्वपूर्ण रहने बताइएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने महोत्सव समारोहमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भनावी राणासमेत सहभागी हुने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);