नुवाकोट, १६ माघ । नुवाकोटको विदुर नगरपालिकाले सवारीसाधन र सडकलाई व्यवस्थापन गर्न सुरु गरेको छ ।
जथाभावि सवारी संचालन र पार्किङ गर्दा जोखिम बढेको भन्दै नगरपालिकाले व्यवस्थापन गर्न सुरु गरेको हो । सवारी साधन बसपार्कबाट मात्र संचालन गर्न नगपालिकाले यातायात व्यवसायीलाई सचेत गराएको छ ।
काउन्टर बजार बाट हटाएर बट्टार बसपार्कमात्र संचलन निर्देशन दिइएको नगरपालिकाका मेयर सञ्जु पण्डितले बताइन । नगरपालिकाले नियम नमन्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ ।




