सन्धिखर्क नगरपालिकामा फोहोर वर्गीकरण अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सन्धिखर्क नगरपालिकामा फोहोर वर्गीकरण अभियान सुरु

अर्घाखाँची । नयाँ वर्ष २०७८ को सुरुवातसँगै अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले फोहोर वर्गीकरण अभियान सुरु गरेको हो ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरभित्र बजार क्षेत्रमा रहेका नीजि घर, कार्यालय, शिक्षण संस्था, साना उद्योग लगायतबाट दैनिक निस्कने कुहिने, नकुहिने, फलाम तथा सिसाजन्य फोहोरलाई वर्गीकरण गरि फोहोर व्यवस्थापन गर्ने अभियान सुरु गरिएको छ ।

नगरपालिकाले कुहिने÷नकुहिने, फलाम तथा सिसाजन्य फोहरलाई अलग अलग गरेर व्यवस्थापर्ने अभियान सुरु गर्दा नगरवासी खुसी भएका छन् । सबै नगरवासिको रहर, सुन्दर र सम्वृद्ध सन्धिखर्क नगर भन्ने मुलमन्त्र बोकी नगरपालिकाले अभियान थालेको हो ।

फोहोरलाई वर्गीकरण नगरेको खण्डमा नउठाउने र फोहोरमैला व्यवस्था ऐन २०६८ बमोजिम कारवाही हुने व्यवस्था गरिएको छ । नगरपालिकाको यस अभियानमा घरधनि, कार्यालय जोकोहीले असहयोग गरेको पाईएमा ५ हजारदेखि १ लाखसम्म जरिवाना गरिने बताएको छ ।

वर्गीकरण गरिएका फोहोरलाई व्यवस्थापन गर्न नगरबाट सरसफाईकर्मी, ट्याक्टर, ट्रिपर लगायतका साधनहरुको व्यवस्था गरिएको छ । फोहोर बाट मोहोर बनाउने सन्धीखर्क नगरपालिकाको यो कार्यले नगर सफा र सुन्दर हुने विश्वास गर्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);