सन्धिखर्क नगरद्धारा करिब ९८ करोड ५० लाखको बजेट सार्वजनिक, कोभिड खोपका लागि ५० लाख | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सन्धिखर्क नगरद्धारा करिब ९८ करोड ५० लाखको बजेट सार्वजनिक, कोभिड खोपका लागि ५० लाख

बिष्णु खनाल,
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ९८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले प्रस्तुत गरेको बजेटमा कृषि, पशुपालन, स्वास्थ्य र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको हो ।

नगरपालिकाले यसपालिको बजेटमा नगरवासीका लागि कोभिड खोपमा ५० लाख बजेट विनियोजन गरेको छ । यस्तै एक वडा एक पकेट कृषि बाली विकास कार्यक्रम, एक वडा एक कृषि प्राविधिक, नगरभित्र रहेका धार्मिक साँस्कृतिक पर्यटकीय स्थलहरुलाई प्राथमिकतामा राखिएको छ ।

कोभिडका कारणले अभिभावक गुमाएका, सामुदायिक विद्यालयका लागि छात्रवृत्ति प्रदान गर्ने, सामुदायिक विद्यालयमा तथा प्राविधिक शिक्षामा अध्ययनरत दलित विपन्न विद्यार्थीको लागि २५ प्रतिशत छात्रवृत्ति दिने बजेटमा उल्लेख छ ।

यस्तै नगरपालिकामा श्रम बैंक स्थापना गरेर नगर क्षेत्रभित्र सञ्चालित संघ संस्था, उद्योग स्थापना गरी श्रमिकको माग पुरा गर्दै लैजाने, कोभिड खोपको निशुल्क व्यवस्था गर्ने, जटिल प्रकारका महिला बिरामीका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, रगतको सहज आपूर्तिको लागि प्रत्येक चौमासिक रुपमा ‘नगर उपप्रमुख रक्तदान कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि नगरभित्र छोरा र छोरीबीचमा हुने विभेद अन्त्य गर्ने, छोरीलाई पनि छोरा सरह शिक्षा क्षेत्रमा पहुँच अभिवृद्धि गर्न ‘नगर प्रमुख खुत्रुके बचत योजना सञ्चालन गर्ने प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

नगरपालिकाले ग्रिन सिटी नगरपालिकाको रुपमा चिनाउन एक कर्मचारी एक विरुवा, एक जनप्रनिनिधि दुई विरुवा लगाउने अभियान चलाउने भएको छ भने व्यवसायीलाई घर बहाल कर छुट, व्यवसाय कर छुट दिने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);