सोमबार नेप्से ८ दशमलव २४ अंकले घट्याे | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

सोमबार नेप्से ८ दशमलव २४ अंकले घट्याे

nepal stock exchange

काठमाडाैं । सोमबार सेयर बजार परिसूचक नेप्से ८ दशमलव २४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सामान्य ‘करेक्सन’ भएर ३ हजार ५० दशमलव ४२ अंकमा झरेको हो आइतबारको तुलनामा कुल प्रतिधितोपत्र कारोबार संख्या र रकममा पनि गिरावट देखिएको छ ।

सोमबार दोस्रो बजारमा २२३ कम्पनीको तीन करोड ३० लाख ६१ हजार ४४७ कित्ता सेयर एक लाख ३७ हजार २४२ पटक खरिद बिक्री हुँदा कारोबार रकम १४ अर्ब १३ करोड ९७ लाखमा सीमित भयो । आइतबार चार करोड बढी कित्ता सेयर दोस्रो बजारमा कारोबारमा आउँदा कुल कारोबार रकम १४ अर्ब ३० करोड नाघेको थियो ।

आइतबार सबैभन्दा धेरै बढेको बैंकिङ उपसमूह सोमबार ४३ दशमलव ३० अंकले ऋणात्मक बन्दा जलविद्युत उपसमूह भने १०२.६२ अंकले उचालिएको छ । । सोमबार ११० कम्पनीको सेयर मूल्य बढेको थियो भने ६६ कम्पनीको मूल्य घट्यो ।

दोस्रो बजारमा सोमबार ङादी ग्रुप पावर कम्पनीको सेयर सबैभन्दा धेरै ३९ करोड ३० लाख बढीको कारोबर भयो । ३३ करोड बढीको सेयर खरिद बिक्री भएको हिमालयन डिष्टिलरीको कारोबार दोस्रो रह्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);