बिहीबार इतिहासकै रेकर्ड ब्रेक गरेको सुनको भाउ आजै घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

बिहीबार इतिहासकै रेकर्ड ब्रेक गरेको सुनको भाउ आजै घट्यो

काठमाडौं, ५ साउन । नेपाली बजारमा आज सुनको भाउमा गिरावट आएको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

हिजो १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको मुल्यले इतिहासकै उच्च रेकर्ड राखेको थियो । आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मुल्य पनि आज घटेको छ । शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १४ सय ८० रुपैयाँमा खरिद बिक्रि भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);