सेयर बजारमा दोहोरो अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक २०९४ अंकमा झरेको हो । अघिल्लो दिनको तुलनामा नेप्से २२.१२ अंकले घटेको हो । १९ कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो भने ३ को स्थिर रहृयो । कुल २ अर्ब ९ करोडको कारोबार भएको छ ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब ३३ करोड बढी हो ।

आदर्श लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स र सिद्धार्थ इन्स्योरेन्सको मूल्य ५ प्रतिशत धेरै घट्यो । कारोबार रकमका आधारमा स्टान्डर्ड चार्टर्ड, एनआईसी एसिया बैंक, आईएमई जनरल इन्स्योरेन्स, अपी पावर र चिलिमे हाइड्रोपावर अगाडि रहेका छन् ।

बैंकिङ ५, विकास बैंक ६५, फाइनान्स २८, होटल ५१, जलविद्युत् ५४, जीवन बीमा २३६, उत्पादन १२, माइक्रोफाइनान्स ४२, निर्जीवन बीमा १३३, अन्य १० र ब्यापार उपसमूह २८ अंक घटे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);