सेयर बजारमा दोहोरो अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ ।

कारोबार खुलेदेखि नै अन्तिम समयसम्म परिसूचक नेप्से ओरालो लाग्यो । अन्ततः अघिल्लो दिनको तुलनामा ४१ अंकले घटेर नेप्से २१२७ अंकमा कायम भएको छ । कारोबार रकम सामान्य बढेको छ ।

अघिल्लो दिन ३ अर्ब १ करोडको कारोबार भएकोमा सोमबार ३ अर्ब ३० करोडको कारोबार भयो । सबै उपसमूह ओर्लिएका छन् । बैंकिङ १६, विकास बैंक ९५, फाइनान्स ६२, होटल १२१, जलविद्युत् ७८, जीवन बीमा १२१, उत्पादन ७२, माइक्रोफाइनान्स ८५, निर्जीवन बीमा २७०, अन्य ३३ र व्यापार उपसमूह ४३ अंक घटे ।

९ कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो । दुई कम्पनीको मूल्य भने १० प्रतिशत बढ्यो । लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बाराही हाइड्रोको ६.५, सूर्यज्योति लाइफ र पिपुल्स पावरको ५ प्रतिशत बढ्यो । युनाइटेड इदी मर्दीको मूल्य ७ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सूर्यज्योति लाइफ, रिडी पावर, पिपुल्स पावर, माथिल्लो तामाकोसी र अपी पावर क्रमशः अगाडि रहे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);