सुनको भाउ अहिलेसम्मकै उच्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं, १९ जेठ । नेपालमा पहेँलो धातुको भाउमा भारी वृद्धि भएको छ । यो रकेर्ड हालसम्मकै उच्च हो ।

साताको कारोबारको अन्तिम दिन आज शुक्रबार सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो आज सम्मकै उच्च रेकर्ड हो ।

बिहीबार १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुनको मुल्य १ लाख १२ हजार ७५० रुपैयाँमा खरिद विक्रि भएको छ । यस्तै, सेतो धातु चाँदीको मुल्य प्रतितोला १४ सय ३५ रुपैयाँ कायम भएको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा २५ रुपैयाँले बृद्धि भएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);