मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा छः पूर्वअर्थमन्त्री पाण्डे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा छः पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं । पूर्वअर्थमन्त्री सुरन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा भएको स्व.डा.गोविन्दबहादुर थापाद्वारा लिखित अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले मुलुक आर्थिक रुपमा संकटग्रस्त अवस्थामा पुगेको बताउनु भयो । उहाँले सरकार र निजी क्षेत्र दुवै दबाबमा रहेको भन्दै मुलुकमा वित्तीय संकट आउन सक्ने परिस्थिति देखिएको बताउनु भयो । उहाँले निजी क्षेत्रले बैंकको ब्याजदर घट्नुपर्ने माग राखेपनि तत्काल ब्याजदरमा कमी आउने अवस्था नदेखिएको बताउनु भयो। पूर्वअर्थमन्त्री पाण्डेले यो वर्ष बैंकहरुको ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा करिव ९ प्रतिशत कर्जा वृद्धि भएको भन्दै अर्को वर्ष यो भन्दा बढी हुने अवस्था नभएको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिलाई समाधान गर्नको लागि पनि अर्थतन्त्र बुझेका विज्ञहरु मिलेर जानुको विकल्प नभएको बताउनु भयो। उहाँले अर्थतन्त्र बुझेकाहरु एक भएमात्रै देशलाई आर्थिक रुपमा सही ठाउँमा ल्याउन सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले मुलुकको अर्थतन्त्र धेरै अफ्ठ्यारो स्थितिमा देखेको छु । सरकार र निजी क्षेत्र दुवैमा दबाब छ । त्यस कारणले पनि अगाडि वित्तीय रुपमा संकट आउने हो की भन्ने लागेको छ । निजी क्षेत्रले बैंकको ब्याजदर गिरावट चाहिन्छ भनि रहेको छ तर ब्याजदरमा कमी आउने अवस्था देख्दिन । यो वर्ष बैंकहरुको ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएको छ । यसपाली ९ प्रतिशत कर्जा वृद्धि भएको छ । अर्को वर्ष यो भन्दा कर्जा वृद्धि हुने अवस्था छैन । अघिल्लो पाँच वर्ष २५ प्रतिशतले वृद्धि थियो । यो अवस्थालाई समाधान गर्नको लागि पनि अर्थतन्त्र बुझेका विज्ञहरु मिलेर गर्नुपर्छ । त्यस्तो भए मात्रै देशलाई सही ठाउँमा लाग्नसक्छौं । हामीले हिम्मत हार्नु हुँदैन ।’

कार्यक्रममा बोल्दै पूर्वगभर्नर डा.विजयनाथ भट्टराईले नेपालको अर्थव्यवस्थामा सरकारी वित्तहरुमा भाँडभैलो अवस्थामा रहेको बताउनु भयो । उहाँले डा.गोविन्दबहादुर थापा भएको भए अहिलेका नेतृत्वहरुमा बुद्धि पलाउने अवस्था आउने थियो भन्दै स्मरण गर्नुभयो । उहाँले थापाले सरकारी वित्तको विषयमा सरकारले बनाउने नीतिहरुको विषयमा धेरे लेख्नुभएको बताउनु भयो ।

उहाँले सरकारी वित्त र करका नीतिका विषयमा कलम चलाउदा त्यतिबेला नै लेख रचनाले नीति निर्माताहरुलाई धेरै सहयोग पुगेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);