मालिका राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्ति विद्रोही सैनिकको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मालिका राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्ति विद्रोही सैनिकको नियन्त्रणमा

विद्रोहीको कब्जाबाटै राष्ट्रपति केयटाद्वारा राजीनामाको घोषणा

एजेन्सी, ३ भदौ । मालिका राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिलाई त्यहाँका विद्रोही सैनिकले नियन्त्रणमा लिएको छ । राष्ट्रपति इब्रहिम बुबाकार केयटा र प्रधानमन्त्री बूबू सीशेलाई सैनिकले गिरफ्तार गरेको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । उनीहरूलाई बमाकोबाट करीब १५ किलोमिटर टाढा रहेको कटीस्थित एउटा मुख्य सैन्य शिविरमा राखिएको सो ठाउँमा गोली चलेको आवाज पनि सुनिएको स्थानीयलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सैनिकहरुले राष्ट्रपतिका छोरा, माथिल्लो संसदका सभामुख, विदेशमन्त्री, अर्थमन्त्रीलागयतलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ । त्यस्तै सैनिक छाउनीका उपप्रमुख कर्णेल मलिक डिव र अर्का कमान्डर जनरल सादिओ कमाराको नेतृत्वमा सैन्य कु भइरहेको बताइएको छ । सैन्य विद्रोहमा के कति सहभागी छन् र किन उनीहरूले विद्रोह गरेका हुन् भन्नेबारेमा स्पष्ट भएको छैन ।

यसैबीच विद्रोही सैनिकको कब्जाबाटै राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामाको घोषणा गर्नुभएको छ । टेलिभिजन सम्बोधनमा राष्ट्रपति केयटाले सरकार र संसद् पनि भंग गरेको भन्दै आफूलाई शक्तिमा राखिरहन जनताको रगत नबगोस् भन्ने चाहेको बीबीसीले उल्लेख गरेको छ । घटनाको क्षेत्रीय संगठन सहित अन्तर्राष्ट्रिय रूपमा भत्र्सना समेत गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);