न्यूयोर्क प्रहरीमा कार्यरत अमेरिकी नागरिकले चीनका लागि जासुसी गरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

न्यूयोर्क प्रहरीमा कार्यरत अमेरिकी नागरिकले चीनका लागि जासुसी गरेको आरोप

एजेन्सी, ६ असोज । अमेरिकाको न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट एनवाईपीडीका एक अधिकारीमाथि चीनका लागि गुप्तचर एजेन्टको रुपमा काम गरेको आरोप लागेको छ । तिब्बतमा जन्मिएका बेमाडाजिए अंगवाङले न्यूयोर्कमा भएका चिनियाँ नागरिकको गतिविधिमाथि निगरानी गरेको र योसँग सम्बन्धित जानकारी चीनलाई उपलब्ध गराइरहेको आरोप लागेको छ ।

उनीमाथि तिब्बती समुदायबीच गोप्य जानकारी जुटाउनका लागि सम्भावित स्रोतबारे पत्ता लगाएको आरोप पनि छ । एनवाइपीडीको सामुदायिका मामिलाको एकाइका लागि काम गर्ने बेमाडाजिए अंगवांगले अमेरिकी नागरिकता लिएका छन् । दोषी पाइए उनलाई ५५ वर्षसम्म कैद सजाय हुने बताइएको छ । सरकारी वकीलहरुका अनसुार बेमाडाजिए यूएस आर्मी रिजर्व का लागि पनि नागरिक मामिलाका विशेषज्ञको रुपमा काम गर्छन् ।

उनीमाथि चिनियाँ वाणिज्य दूतावासका दुई अधिकारी सम्पर्क भएको आरोप लगाइएको छ । दस्तावेजहरूका अनुसार उनका बुवा सेवानिवृत्त चिनियाँ सैनिक र चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका सदस्य थिए । उनकी आमा पनि सीपीसीको सदस्य र चिनियाँ सरकारी कर्मचारी रहेको बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);