अमेरिकाद्वारा हालसम्मकै ठूलो मात्रामा इरानी तेलमाथि कब्जा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अमेरिकाद्वारा हालसम्मकै ठूलो मात्रामा इरानी तेलमाथि कब्जा

एजेन्सी, ३१ साउन । अमेरिकाले हालसम्मकै ठूलो मात्रामा इरानी तेलमाथि कब्जा गरेको छ । चारवटा जहाजमा भेनेजुएला पठाउन लागिएको ११ लाख ब्यारेल इरानी तेल ’विदेशी साझेदारहरूको सहयोगमा’ जफत गरिएको अमेरिकी न्याय मन्त्रालयले जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी न्याय मन्त्रालयले इस्लामिक रिभोलुसनरी गाडर्सको लाखौँ डलर मूल्यका तेल सफलतापूर्वक कब्जामा लिइएको बताएको छ । ती जहाजले अमेरिकी प्रतिबन्ध पालना नगरेको बताएको छ । गत महिना अमेरिकाले अदालतले ती चारवटा जहाज कब्जा गर्न स्वीकृति दिएको थियो ।

भेनेजुएलाका लागि इरानी राजदूत होजात सोल्तानीले ती जहाज र तिनका मालिक इरानी नरहेको दाबी गरेको बताइएको छ । अमेरिकाले नियन्त्रणमा लिएको बेला, बेरिङ्, पान्डी र लुना नामका ती जहाजहरू अहिले कहाँ छन् भन्ने स्पष्ट भएको छैन ।

सन् २०१८ मा अमेरिकाले एकपक्षीय रूपमा इरानसँगको परमाणु सम्झौताबाट हात झिकेपछि दुई देशबीच तनाव चुलिएको छ। अमेरिकाले इरान र भेनेजुएलाविरुद्ध तेल निर्यातमा प्रतिबन्ध लगाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);