फारसको खाडीमा इरानी सेनाको युद्ध अभ्यास | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

फारसको खाडीमा इरानी सेनाको युद्ध अभ्यास

एजेन्सी, १७ साउन । फारसको खाडीमा इरानी नौ सेनाले युद्ध अभ्यासको तयारी थालेपछि अमेरिका र इरानबीचको तिक्तता बढेको छ ।

इरानसँंग भएको परमाणु सम्झौताबाट अमेरिका अलग भएपछि दुई राष्ट्रबीच तिक्तता बढ्दै गएको बेला इरानले फारसको खाडीमा नौ सेना एकत्रित गर्दा विश्वको पारगमन मार्ग होरमुजमा अवरोध सिर्जना हुन सक्ने अमेरिकाको भनाइ छ ।

इराक, कतार र ईरानको तेल संसारभर लग्ने प्रमुख नाका होरमुज हो । इरानले अरब सागरमा एक सय भन्दा बढी युद्धक बेडा जहाज एकत्रित गरी अभ्यासको प्रयास गर्दा अमेरिका सशंकित भएको छ ।

इरानको इस्लामी क्रान्तिकारी गार्ड आई. आर.जी.सी.ले दुई दिन भित्रै नौ सेना अभ्यास सुरु गर्ने योजना बनाइ रहेको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकी रक्षा अधिकारीहरुले इरानी नौ सेनाको हलचल माथि लगातार निगरानी गरिरहेको जनाएका छन् । अमेरिकी सेन्ट्रल कमाण्डको मुख्य प्रवक्ता क्याप्टेन विलियम शहरीले इरानी गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको कुरा संचार माध्यमहरुलाई बताएका छन् ।

अमेरिका इरानी अभियानकाबीच पनि अन्तर्राष्ट्रिय जलमार्गमा कुनै अवरोध उत्पन्न हुन नदिन सजग रहेको अमेरिकी सैन्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी इनर्जी इन्फरमेशन एडमिनिष्ट्रेशनले तेल ओसार–पसारको प्रमुख जलमार्गमा असामान्य गतिविधि ईरानले गर्न नहुने बताएको छ । तर यस अघि नै ईरानी राष्ट्रपति हसन रुहानीले अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरुलाई ईरानबाट तेल खरिद नगर्न दबाब दिईरहेको बताउँदै यस्तो कार्य भएमा क्षेत्रीय तेल आपूर्तिमा खतरा उत्पन्न हुने चेतावनी दिएका थिए ।

ईरान ओपेक तेल निर्यात गर्ने राष्ट्रहरुमध्ये दोस्रो र कच्चा तेल उत्पादन गरी निर्यात गर्ने ठूलो राष्ट्र हो जसले प्रतिदिन २० लाख ब्यारेल भन्दा बढी कच्चा तेल उत्पादन गरी निर्यात गर्दै आइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);