चीनबाट भारत र दक्षिणपूर्वी एसियामा खतरा : अमेरिकी विदेशमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चीनबाट भारत र दक्षिणपूर्वी एसियामा खतरा : अमेरिकी विदेशमन्त्री

mike pompeo

एजेन्सी, १२ असार । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भारतमा चीनको खतरा बढिरहेको बताउनुभएको छ । ब्रसेल्स फोरममा बोल्दै पोम्पेओले चीनबाट भारत र दक्षिणपूर्वी एसियामा खतरा बढ्दो क्रममा रहेको बताउनुभएको हो । उहाँले भारत तथा दक्षिण पूर्वी एशियाली देशहरुमा बढ्दो चिनियाँ चुनौतीका कारण युरोपमा रहेका अमेरिकी सेना कटौति गर्नुपरेको पनि उल्लेख गर्नुभयो ।

सामरिक आवश्यकताका कारण युरोपमा सेना घटाएर अरु क्षेत्रमा लैजानु परेको पोम्पेयोको भनाई छ । पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीको गतिविधि भारत, भियतनाम, इन्डोनेसिया,मलेसिया, फिलिपिन्स र दक्षिण चीन सागरको लागि खतरा रहेको भन्दै चिनियाँ सेनाको सामना गर्नका लागि तयार रहन युरोपबाट सेना कटौतीको निर्णय अघि सारिएको बताउनुभयो ।

भारत र चिनियाँ सैनिकबीच जुन १५ मा सीमावर्ती लद्दाखको वास्तविक नियन्त्रण रेखा एलएसी मा भिडन्त हुँदा २० जना भारतीय सैनिक मारिएका थिए । चिनियाँ पक्षको क्षतिबारे चीनले अहीलेसम्म आधिकारिक रुपमा केही बताएको छैन ।पोम्पेओले चीनको सत्तारुढ कम्युनिष्ट पार्टी अफ चाइना सिपिसी खराब रहेको आरोप लगाउँदै चीनको विषयमा युरोपियन युनियनसँग वार्ता गरिने बताउनुभयो ।

चीनमाथि कडा निर्णय लिनुपर्ने उहाँको भनाइ छ । विदेशमन्त्री पोम्पेओले चीनबाट उसका छिमेकी मुलुकहरुमा रहेको खतराप्रति आफ्नो निगरानी जारी रहेको पनि उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);