भेनेजुयला प्रति अमेरिकी चासो: रुसले उत्तेजित पारे हेरेर नबस्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

भेनेजुयला प्रति अमेरिकी चासो: रुसले उत्तेजित पारे हेरेर नबस्ने चेतावनी

veneuala

काठमाडौं, १३ चैत । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भेनेजुयलामा गोप्यरूपमा रूसी सैनिकलाई प्रवेश गराएकोे भन्दै यसलाई अमेरिकाले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई सघाउन रूसले आफना सेनालाई भेनेजुयला प्रवेश गराएको भन्दै पोम्पेओले आपत्ति जनाएका छन । उनले आफ्ना रूसी समकक्षी सेर्गेई लाभरोभलाई टेलिफोन गरी दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा विकसित पछिल्लो राजनीतिक संकटमा रूसी सैनिकको बढ्दो दवाबले त्यहाँको प्रतिपक्षीको आवाजलाई कमजोर बनाउने काम अमेरिकाका लागि सह्य नहुने चेतावनी दिएका अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेनेजुयलाको तनावलाई रूसले थप उत्तेजित पार्न खोजे अमेरिका तथा क्षेत्रीय मुलुकहरू चुप लागेर नबस्ने उल्लेख गरिएको छ । विदेशमन्त्री पोम्पेओले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई अबैधानिक भन्दै रुसी सैनिक अधिकारीको प्रवेशले अन्तरिम राष्ट्रपति हुँवा गुएइदोका समर्थकलाई खतरा बढाएको बताएका छन् । गुएइदोलाई अमेरिका, ल्याटिन अमेरिकी तथा यूरोपेली केही मुलुकहरूको समर्थन रहेको छ भने मदुरोले चीन र रूसको समर्थन पाएका छन् ।