इरानसँग युद्ध चाहेको छैनौ, आक्रमण गरेमा प्रतिकार गर्नेे अमेरिकी विदेशमन्त्री पोम्पेआकोे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इरानसँग युद्ध चाहेको छैनौ, आक्रमण गरेमा प्रतिकार गर्नेे अमेरिकी विदेशमन्त्री पोम्पेआकोे चेतावनी

mike pempeo

काठमाडौं, १ जेठ । अमेरिकाले इरानसँग युद्ध नचाहेको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताएका छन् ।

अमेरिका र इरानबिच तनाव बढ्दै गएका बेला विदेश मन्त्री पोम्पेओको यस्तो भनाइ आएको हो । रुस भ्रमणमा रहेका बेला अमेरिकी विदेश मन्त्री पोम्पेओले इरानले सामान्य व्यवहार गरोस् भन्ने मात्रै चाहेको बताएका हुन् । तर, इरानले आक्रमण गरेमा त्यसको प्रतिकार गर्ने पोम्पेओले चेतावनी दिएका छन् । यसैबिच इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले पनि अमेरिकासँग कुनै युद्ध नहुने र युद्धको अवस्था नरहेको बताएका छन् ।

दुई देश वीच तनाव बढ्दै जादा गत हप्ता अमेरिकाले खाडी क्षेत्रमा लडाकु पानी जहाज र लडाकु विमान तैनाथ गरेको थियो ।रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका अमेरिकी विदेश मन्त्री पोम्पेओले रुसी शहर सोचीमा अमेरिका ‘आधारभूत’ रुपमा युद्धको पक्षमा नरहेको बताएका हुन् । तर, इरानले आक्रमण गरेमा भने त्यसको जवाफ दिने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);