अफगानिस्तानमा घानी र अब्दुलाहले राष्ट्रपतिको सपथ लिएको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अफगानिस्तानमा घानी र अब्दुलाहले राष्ट्रपतिको सपथ लिएको दावी

ghani-abdullah

एजेन्सी, २७ फागुन । अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाह गरी दुवै जनाले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन् । सोमबार दिउँसो घानीले सपथग्रहण गरेको घोषणा गरेकै बेलामा अब्दुलाहले पनि सपथग्रहण गरेको दाबी गरेका हुन् ।

घानीले राष्ट्रपति कार्यालयमै विशेष समारोहको आयोजना गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारी सम्हालेको घोषणा गरेका थिए । अर्कोतर्फ प्रमुख कार्यकारी अब्दुलाहले पनि राष्ट्रपतीय निर्वाचनमा आफू विजयी भएको दाबी गर्दै राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन् ।

घानीले गत फेब्रुअरीमै आफू दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वा्चित भएको घोषणा गरेका थिए । दुबै नेताहरुले गत सेप्टेम्बरमा भएको निर्वाचनको परिणाम आफ्नो पक्षमा आएको दाबी गर्दै आएका छन् । दुवै नेताको आ–आफ्नै दाबीका कारण अफगानिस्तानको राजनीति थप संकटमा पर्ने देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);