पहिरोमा पुरिएर ६ जनाको मृत्यु, तीन जना वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पहिरोमा पुरिएर ६ जनाको मृत्यु, तीन जना वेपत्ता

pahiro

पर्वत, ३२ जेठ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको छ । शनिबार राति गएको पहिरोमा पुरिएका ३ जनाको शनिबार राति र थप ३ जनाको आज बिहान शव भेटिएको हो ।

मृत्यु हुनेहरुमा तुलबहादुर थापा, विविसा थापा, डिलकुमारी थापा, डिर्पा थापा, कमला विक र प्रमिशा विक रहेका छन् । त्यस्तै वेपत्ता हुनेहरुमा विवेक थापा, संम्राट थापा र डेनिस विक रहेका छन् । वेपत्ताहरुको खोजी कार्य जारी रहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

शनिबार राति साँझ ६ बजेदेखि २ घण्टासम्म आएको भीषण वर्षापछि घरहरु रहेको ठाउँभन्दा करिब ३०० मिटरमाथिको बनक्षेत्रबाट पहिरो आएको थियो । राति भएको र वर्षा भइरहेकाले राति उद्धार रोकिएको थियो । घरहरू पुरिएको नजिकै रहेका अन्य चार परिवारका सदस्यहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।

pahiro1

थप पहिरो आउन सक्ने भएकोले पहिरोको छेउछाउमा परेका परिवारलाई राती नै नजिकै रहेको होमस्टेमा राखिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);