भारतको उत्तर प्रदेश र राजस्थानमा चट्याङ लागेर एकै दिन २८ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतको उत्तर प्रदेश र राजस्थानमा चट्याङ लागेर एकै दिन २८ को मृत्यु

एजेन्सी । भारतको उत्तरी भूभागमा भारी वर्षासँगै परेको चट्याङ लागेर उत्तर प्रदेश र राजस्थानमा गरी एकैदिन २८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेश र राजस्थानका अलग–अलग स्थानमा परेको चट्याङका कारण २८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राजस्थानका १८ जना र उत्तर प्रदेशका १० जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चट्याङले कतिपय मानिसहरु गम्भीर भएका छन् भने मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । प्रहरीका अनुसार राजस्थानमा मात्रै ६ बालबालिकासहित २१ जना घाइते भएका छन् ।

राजस्थानका मुख्यमन्त्री अशोक गेहलोट र गभर्नर कलराज मिश्राले दुर्घटनाप्रति दुख व्यक्ति गरेका छन् । मुख्यमन्त्री गेहलोटले मृत्यु हुनेहरुको परिवारलाई जनही पाँच पाँच लाख राहत दिने घोषण गरेका छन् । उनले घाइतेहरुलाई समेत केही राहत दिन निर्देशन दिएका छन् ।

चट्याङका कारण दर्जनौँ चौपायाहरु पनि मरेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतक परिवारलाई जनही चार-चार लाख रकम सहयोग गर्ने घोषणा गरेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);