उत्तरी भारतमा शक्तिशाली आँधीका कारण ९४ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

उत्तरी भारतमा शक्तिशाली आँधीका कारण ९४ को मृत्यु

uttar pradesh

एजेन्सी , २० बैशाख । भारतको उत्तर प्रदेश र राजस्थानमा धुलोयुक्त शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । उत्तर प्रदेशको सूचना कार्यालयका अनुसार सबैभन्दा बढी अगारामा ३६ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा जम्मा ६२ मानिसको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन् । बिजनौर, बरेली, सहारनपुर, पीलीभीत, फिरोजवाद, रोयबारेली र उन्नाव जिल्लाको जनजीवन तीव्र आँधीका कारण कष्टकर बनेको छ । उत्तराखण्डको चमोलीमा भारी वर्षाका कारण पहिरोले ठूलो क्षति पु¥याएको छ ।

सो राज्यका कतिपय महत्वपूर्ण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । गत साता केदारनाथ मन्दिरको कपाट खुलेपछि बाक्लो संख्यामा तीर्थयात्री जान सुरु गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);